Aamsanchar

समाचार संस्था अल जजिराको कार्यालयभित्र छिर्याे इजरायली सेना

Author Image
आइतवार, असोज ६, २०८१

इजरायली सेना समाचार संस्था अल जजिराको कार्यालयभित्र प्रवेश गर्दै समाचार प्रसारण गर्न चेतावनी दिएका छन्। आइतबार वेस्ट ब्यांकको रमल्लाहमा रहेको अल जजिराको कार्यालयमा एक समूह इजरायली सेना कार्यालयमा छिरेका हुन्।

सेनाले कार्यालयमा प्रवेश गरी ४५ दिन प्रकाशन प्रसारण बन्द गर्न चेतावनी दिएको छ। जसको प्रत्यक्ष प्रशारण अलजजिराले गरेको थियो।

उक्त भिडियोमा इजरायलका हतियारधारी सेनाहरू प्रवेश गरी एक पत्र ब्युरो प्रमुख वालिद ओमरी र केही कर्मचारीहरूलाई दिएको देखिएको छ।

गाजामा इजरायलले आक्रमण सुरु गरेयता ११ महिनामा ४१ हजारभन्दा बढीको मृत्यु भएको छ भने ९५ हजारभन्दा बढी घाइते भएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)