Aamsanchar

डाइलाइसिस सेवा सुरू भयाे चौतारा अस्पतालमा

Author Image
आइतवार, असोज ६, २०८१

सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिका– ५ कि ४५ वषीया सर्मिला तामाङ ६ वर्षदेखि मिर्गौलाको उपचारको लागि काठमाडौं धाइरहेकी छिन् । जिल्लामा डाइलाइसिस सेवा नहुँदा महंगो खर्च गरेर उनी राजधानीमा उपचार गराइरहेकी हुन्।

तर, आइतबारदेखि सिन्धुपाल्चोकको चौतारा अस्पतालमा डाइलाइसिस सेवा सुरू भएसँगै उपचारमा सहजता हुने उनी बताउँछिन् । अस्पतालले डाइलाइसिस सेवा सुरु गरेपछि पहिलो सेवाकर्ता बनेकी उनले काठमाडौंमा उपचार गराउँदा निक्कै झन्झट व्यहोर्नु परेको बताइन् । ‘हप्ताको दुईपटक जानुपर्ने,आउन जान त्यस्तै सकस’,उनले भनिन्,‘उपचार पनि महंगो, हामी गाउँका किसानलाई रोगको उपचार गराउनै मुस्किल पर्छ ।’

चौतारा अस्पतालले डाइलाइसिस सेवा सुरु गरेपछि उपचारको लागि झन्झट बेहोर्न नपर्नेमा उनी आशावादी छिन् । ‘सेवा सुरु त भयो, तर बिरामी भएनन् भने बन्द हुने हो कि भन्ने लाग्छ’,उनले भनिन्,‘यही उपचार हुने हो भने त म जस्तो बिरामीलाई निक्कै सहज हुन्थ्यो ।’

 

रिफर सेन्टरको रुपमा बदनाम कमाएको अस्पतालले पछिल्लो समयमा उपचार सेवामा उल्लेख्य सुधार गरेको छ । कुनै समय सामान्य बिरामीलाई समेत अन्य अस्पतालमा रिफर गर्ने गरको भनि स्थानीयको आलोचना खेपेको अस्पतालमा सेवामा सुधारसँगै डायलासिस सेवा समेत पाएपछि बिरामीहरू खुसी भएका हुन् ।

अस्पतालमा हाल ५ वटा डायलसिस गर्ने उपकरण छन् । १ पटकमा ५ जना बिरामीलाई सो सेवा दिनको लागि १ जना डाक्टर र ३ जना तालिम प्राप्त नर्सले सेवा दिनेछन् ।

एकजना मिर्गौला पीडितले हप्तामा कम्तिमा २ पटक डायलासिस गर्नैपर्छ । यसको लागि मंहगो अस्पताल जानुपर्ने बाध्यता भने हटेको छ।

यो सेवा नहुँदा बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रुद्रमणी भण्डारीले बताए । अस्पतालमा हाललाई सो सेवा निःशुल्क प्रदान गरिएको उनले जनाए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर