Aamsanchar

काभा महिला क्लब भलिबलको उपाधि विजेता नेपाल पुलिस स्वदेश फर्किदै

Author Image
सोमवार, असोज ७, २०८१

काठमाण्डौ – माल्दिभ्समा काभा महिला क्लब च्याम्पियनशिपको उपाधि जितेको नेपाल पुलिस क्लबको टोली आज स्वदेश फर्किदैछ । पुलिस टोली अहिले बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल भलिबल सङ्घले जानकारी दिएको छ ।

माल्दिभ्सको मालेमा अस्ति शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित रहँदै विजेता बन्न सफल रह्यो । त्यसअघि लिग चरणमा पुलिसले पहिलो हुमोलाई ३–० दोस्रो श्रीलङ्का एयर फोर्स र तेस्रोमा ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान ३–० सेटले हराएको थियो ।

नेपाल पुलिसले घरेलु टोली वाम्कोसँग ३–२ सेटको जित निकालेको थियो भने आफ्नो अन्तिम खेलमा अर्को घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३–१ ले पराजित गरेको थियो ।

पुलिस क्लबकी उषा भण्डारी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन् । उषा बेस्ट अपोजिट हिटर पनि घोषित भइन् । सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो घोषित थिइन् । न्यु डायमण्डकी सुमित्रा तथा एपीएफका सरस्वती चौधरी र निरुता ठगुन्ना क्लव च्याम्पियनशिपका लागि पुलिसले अनुबन्ध गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)