

काठमाडौं – टोखाको गहना पोखरीमा डुबेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । टोखा नगरपालिका–६ टोखा बजार नजिकै रहेको गहना पोखरीमा डुबेर चार वर्षीया बालिका गुराँस सहनीको मृत्यु भएको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ घर भई आमा दुर्गा सहनीसँग टोखा–८ जल्पा चोक बस्दै आएकी बालिका आइतबार दिउँसो पोखरीमा डुबेकी थिइन् ।

उनको आइतबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
Views: 51


