काठमाडौं – साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरुले उनको रिहाईको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । प्रसाईंलाई अविलम्ब रिहाइको माग गर्नै उनका समर्थकहरूले गरेको प्रदर्शनमा सरकार विरुद्ध चर्को नारा लगाउनुका साथै उनी बिरुद्धको मुद्दा फिर्ता गर्न समेत माग गरेका छन् ।
यता दुर्गा प्रसाईं पक्राउ परे लगत्तै आइतबार वीर अस्पताल भर्ना गरिएको छ । चिकित्सकको सिफारिसका आधारमा उनलाई अस्पतालमा राखिएको हो ।
काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 16