Aamsanchar

पहिलोपटक दाङमा घुम्ती शौचालय

Author Image
सोमवार, असोज ७, २०८१

दाङ- दाङमा पहिलोपटक घुम्ती शौचालय प्रयोगमा आउने भएको छ। राप्ति गाउँपालिकाले एक महिनाअघि ल्याएको घुम्ती शौचालय प्रयोगमा ल्याउन सरोकारवालासँग छलफल गरिरहेको छ।

१० पालिका भएको दाङमा घुम्ती शौचालय ल्याउने राप्ती पहिलो पालिका हो। दुइटा घुम्ती शौचालयलाई सिसहनिया बजार क्षेत्र र शौचालय भालुवाङ बजार क्षेत्रमा राख्ने योजना गाउँपालिकाको छ।

गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले ठूला कार्यक्रम, जात्रा र मेलाहरु सर्वसाधारणलाई शौच गर्न सजिलो होस भन्ने हेतुले दुई वटा मोबाइल शौचालयहरु प्रयोग गरिने बताए।पूर्व पश्चिम राजमार्ग क्षेत्रमा पर्ने प्रदेश राजधानीको केन्द्रसमेत रहेको सिसहनिया बजार क्षेत्र र भालुवाङ क्षेत्रमा हालसम्म सार्वजनिक सौचालय नभएका कारण ती ठाउँमा घुम्ती शौचालय निःशुल्क रुपमा प्रयोग गर्न दिइने अध्यक्ष बिष्टले  बताए।‘घुम्ति शौचाचालय प्रयोग गरेबापत पैसा तिर्नुपर्दैन,’ अध्यक्ष विष्टले भने, ‘ट्याक्टरसहितका यी मोबाइल शौचालयहरु आसपासमा जहाँ ठूला कार्यक्रम, जात्रा वा मेला हुन्छ त्यँही पठाइन्छ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर