Aamsanchar

खुट्टाको चप्पल बगाउन थालेपछि अठ्याउन खोज्दा चिप्लिएर दुधकोशीमै बगे १८ वर्षीय युवक

Author Image
सोमवार, असोज ७, २०८१

खोटाङ- माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीको भनाइ अनुसार माछा मार्न गएका बेला नदीमा परेको चप्पल निकाल्न खोज्दा मगर नदीमै डुबेका हुन् । आइतबार मगर सहितको आठ जनाको समूह माछा मार्न दुधकोशी पुगेका थिए । चिप्लिएर खुट्टाको चप्पल नदीले बगाउन थालेपछि अठ्याउन खोज्दा मगर नदीमै  बगेर बेपत्ता बनेको मंगलटारका वडाध्यक्ष गन राईले बताउनुभयो ।

साबिकको मंगलटार–८ डाँडागाउँका मगर असोज ६ गते साँझ ५ बजेतिर कुखुरेबेँसीबाट बेपत्ता बनेका हुन् । घटनापछि प्रहरी र स्थानीयको टोलीले नदी आसपासमा बेपत्ता युवाको खोजी गरिरहेको वडाध्यक्ष राईले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1

प्रतिक्रिया (०)

सम्बन्धित खबर