Aamsanchar

रोजगारी विकासका लागि स्वदेश फर्केर अवसर सृजना गर्न युवालाई प्रधानमन्त्रीको आग्रह

Author Image
मङ्गलवार, असोज ८, २०८१

अमेरिका – प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गर्नुभएको छ ।

अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री ओलीले हिजो कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वर्ल्ड लिडर्स फोरममा सम्बोधन गर्दै नेपालबाट विदेश गएका विद्यार्थी र युवाको मात्रै सङ्ख्या बाहिर आउने तर विदेशबाट स्वदेश फर्किएका र देशलाई उनीहरुले पुर्‍याएको योगदानको उचित मुल्याङ्कन हुन नसकिरहेको बताउनुभयो ।

उहाँले रोजगारीका अवसरका लागि सरकारले साना–साना उद्योग र ‘स्टार्टअप’जस्ता कार्यक्रम ल्याएको समेत बताउनुभयो । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ न्यूयोर्क पुग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले युएसआइडी र युनिसेफद्वारा आयोजित ‘लिड फ्रि फ्युचर स् पार्टनरसिप लन्च एण्ड प्लेजिङ इभेन्ट’लाई सम्बोधन गर्दै लिडमुक्त अभियानमा ऐक्यबद्धता जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालले पहिलेदेखि नै लिडको प्रयोगका कारण बालबालिकाको स्वास्थ्यमा असर परेको बुझाइसहित त्यसलाई मुक्त गर्ने नीति कार्यान्वयन गर्दै आएको र संसद्मा खाद्य सुरक्षासम्बन्धी विधेयक ल्याएको स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)