

गल्ती छिटो औँल्याउँछौ,
गलत बाटो पैल्याउँछौ,
च्याउ सरी मौलाउँछौ,
चिसो चुल्हो जलाउँछौ,
आँफै किन बौलाउँछौ ?

टुप्पोबाट पलाउँछौ,
जरा खनी लडाउँछौ,
काप फोरेर उम्रेको,
पिपललाई के पढाउँछौ ?

गलाऊ कति गलाउँछौ,
चलाऊ कति चलाउँछौ,
सालीग्राम भएको उसलाई,
खहरेमा कति बगाउँछौ ?


फैलाऊ,
अफवाह जति फैलाउँछौ,
लैजाऊ,
कुरा जहाँ लैजाउँछौ,
सतिसालको महिमालाई,
अझ कति भजाउँछौ ?
आँफै किन बौलाउँछौ ?
Views: 143

