Aamsanchar

वडाध्यक्ष तिलकराम यादवको निधन

Author Image
बुधवार, असोज ९, २०८१

कपिलवस्तु – कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ का वडाध्यक्ष तिलकराम यादवको निधन भएको छ।

भारतको दिल्ली स्थिति एपोलो अस्पतालमा उपचाररत यादवको मंगलबार साँझ निधन भएको गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले जानकारी दिए।

मस्तिष्कको ट्युमरका कारण उनी दिल्लीको एपोलो अस्पतालमा उपचाररत थिए। ६८ वर्षीय यादव नेपाली कांग्रेसबाट २०७४ र २०७९ मा वडा अध्यक्ष निर्वाचित भएका थिए।

यादवको निधनमा गाउँपालिकाले आज बिदा दिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर