Aamsanchar

१ लाख ६० हजार नाघ्याे सुनकाे भाउ

Author Image
बुधवार, असोज ९, २०८१

काठमाडौं – सुनको भाउले लगातार ५ दिन नयाँ रेकर्ड बनाएको छ।

भदौ ५ गते १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको भाउ भदौ ६ गते १ लाख ५८ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो।

यस्तै भदौ ७ गते १ लाख ५९ हजार २००, भदौ ८ गते १ लाख ५९ हजार ७०० कारोबार भएको थियो। आज छापावाला सुनको भाउ १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। आजज सुन प्रतितोला ७०० रुपैयाँले बढेको हो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ६५९ दशमलव ५४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ दशमलव ९३ डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर