Aamsanchar

बिर्तामोडको चिरायु रिसोर्टमा ‘द फेशन नेपाल’ आयोजना हुने

Author Image
बुधवार, असोज ९, २०८१


बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक फेशन सो आयोजना हुने भएको छ ।
आयोजक संस्था इलाइट इभेन्टले आज (बुधवार) बिर्तामोडमा पत्रकार सम्मेलन गरेर ‘द फेशन नेपाल’ आयोजना हुने बताएको हो । इलाइट इभेन्टका प्रवन्ध निर्देशक कुशल गिरीका अनुसार असोज ११ गते बिर्तामोडमा द फेशन नेपाल फेशन सो आयोजना हुने छ ।

असोज १ गते भएको अडिशनबाट छनौट भएका १८ जना प्रतियोगीहरुले फेशन सोमा विभिन्न पहिरनमा स्टेज वक गर्ने इभेन्टका प्रवन्ध निर्देशक गिरीले जानकारी दिए । उनले अडिसनमा ३० जना बाट १८ जना छनौट पर्न सफल भएको बताए ।

प्रवन्ध निर्देशक गिरीले पूर्वमा फेशन शो एकदमै कम हुने गरेको अवस्थालाई मध्यनजर गरेर बिभिन्न कार्यक्रम गर्दै आएको इलाइटले पहिलो पटक द फेशन नेपाल आयोजना गरेको बताए । सहभागीहरुलाई १२ दिनको तालिमसमेत दिइएको बताइएको छ ।

नेपालमा मात्र नभएर अन्तराष्ट्रियसमेत कोरियोग्राफरका रुपमा परिचित स्मीथ तामाङले द फेशन नेपालको कोरियोग्राफरको जिम्मा लिएको गिरीले बताए ।
द फेशन नेपालको सो हुने दिन अभिनेत्री करिश्मा मानन्धर र स्थानीय फेशन मोडल सुवानी खड्का क्षेत्रीको समेत उपस्थिति रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । फाइनलबाट ब्राण्ड एम्बेसडर, ब्राण्ड मोडल र कर्मसियल मोडल गरी तीन बिधा छनौट गरिने बताइएको छ ।

बिर्तामोड स्थित हेवन वाटरपार्क छेउमा रहेकोे चिरायु रिसोर्टमा सो हुने बताइएको छ । पत्रकार सम्म्मेलनमा इभेन्ट मेनेजर चेतनसिंह बस्नेत, फेशन डिजाइनर विवेश राई, जेशु अग्रवाललगायतको उपस्थिति रहेको थियो । इभेन्टका लागि अनुमानित ८ लाख खर्च हुने र त्यो खर्च प्रायोजकबाट संकलन गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर