Aamsanchar

साविक विजेता लिभरपुलद्वारा वेस्ट हम पराजित

Author Image
बिहिवार, असोज १०, २०८१

काठमाडौं – लिग कपमा डियोगो जोटा र कोडी गाक्पोले दुई–दुई गोल गरेपछि साविक विजेता लिभरपुलले वेस्ट हमलाई पराजित गरेको छ।

घरेलु मैदान एनफिल्डमा वेस्ट हमलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेसँगै उपाधि रक्षा गर्ने अभियानमा रहेको लिभरपुल प्रतियोगिताको चौंथो चरणमा प्रवेश गरेको छ।

१२ औं मिनेटमा जरेल क्वान्साहले आत्माघाती गोल गरेपछि उपहार गोल मार्फत् अग्रता बनाएको वेस्ट हमले त्यसपछि भने थप गोल गर्न सकेन।

त्यसको चार मिनेट पछि डियोगो जोटाले फेडेरिको चिएसाको पासमा गोल गर्दै खेल बराबरी गरे।

पोर्चुगलका फरवार्ड जोटाले ४९ औं मिनेटमा दोस्रो गोल थपे। उनले कर्टिस जोन्सको सुन्दर पासको सदुपयोग गरेका थिए। मोहम्मद सलाहले ७४ औं मिनेटमा गोल गरेपछि लिभरपुलले खेलमा ३–१ को अग्रता बनायो।

कोडी गाक्पोले ९० औं र अतिरिक्त समयमो तेस्रो मिनेटमा गोल गरेपछि लिभरपुलले फराकिलो जित हात पर्यो। यससँगै प्रशिक्षक जुलेन लोपेटेगुईको नेतृत्वमा वेस्ट हमले सात मध्ये चार खेल हारेको छ।

अर्को खेलमा आर्सनलले पनि बोल्टन वान्डरेसलाई ५–१ ले पराजित गर्यो । लिभरपुलले चौथो चरणमा ब्राइटनमा खेल्नेछ। चौथो चरणका खेलहरु अक्टोबर २८ देखि सुरु हुने छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर