Aamsanchar

सबैभन्दा धेरै धान उत्पादन गर्ने किसानलाई दाङको राप्ती गाउँपालिकाले पुरस्कृत गर्ने

Author Image
बिहिवार, असोज १०, २०८१

दाङ – राप्ती गाउँपालिकाले धान उत्पादक किसानमध्ये बढी धान उत्पादन गर्नेलाई पुरस्कृत गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सबैभन्दा बढी धान उत्पादनमा प्रोत्साहनका लािग पुरस्कृत गर्ने गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।

धान उत्पादन वृद्धि गर्ने उद्देश्यले यस्तो योजना अगाडि सारेको र यसरी प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १२ हजार, १० हजार र आठ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने उहाँले बताउनुभयो । कार्यक्रम कार्यान्वयका लागि निवेदन दिन किसानलाई आह्वानसमेत गरिएको छ ।

कृषि शाखा प्रमुख बरसाती गडरियाकानुसार पुरस्कृत हुनका लागि कम्तीमा पाँच कठ्ठामा धानखेती गरेको हुनुपर्ने, खेती गरेको कित्ता नम्बर खुल्ने गरी १० वर्गमिटर नमूना लिनका लागि राख्नुपर्ने, काट्ने, दाउने तथा झार्ने समयमा गाउँपालिकाको कृषि विकास शाखालाई खबर गरी शाखाको रोहबरमा धानको तौल लिइने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर