Aamsanchar

विराटनगरका लागि उडेका २ वटा जहाज काठमाडौं नै फर्किए

Author Image
बिहिवार, असोज १०, २०८१

विराटनगर – काठमाडौंबाट विराटनगरका लागि उडेका २ वटा जहाज काठमाडौं नै फर्किएका छन्। विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेपछि बुद्ध र यति एयरलाइन्सका जहाज काठमाडौं नै फर्किएका हुन्।

दुवै जहाज काठमाडौंबाट यात्रु लिएर विराटनगरका लागि उडेका थिए। विराटनगर विमानस्थलका प्रमुख सुवास झाले अवतरण हुन नसक्ने अवस्था भएपछि जहाज फर्काउनु परेको जानकारी दिए। उनका अनुसार मौसम खराबीका कारण यात्रुसहित बीचैबाट जहाज फर्किनुपर्ने अवस्था आएको हो। दुवै जहाज काठमाडौं पुगेर अवतरण भइसकेको झाले बताए।

विराटनगर विमानस्थलका लागि अहिलेसम्म २ वटा जहाजले मात्रै उडान भरेका छन्। काठमाडौंबाट आएका बुद्ध र श्री एयरलाइन्सका जहाज यात्रु ओरालेर पुनः यात्रु राखी फर्किसकेको उनले बताए। विराटनगरका लागि दिउँसो १२:३० बजेसम्म ६र७ वटा उडान हुनुपर्ने हो।

तर, बुद्ध र श्रीका २ वटा जहाजले मात्रै उडान भर्न सकेको झाले बताए। ‘आकाशको रुट खराब भएर उडानमा समस्या भइरहेको छ,’ उनी भन्छन्, ‘इन–रुट वेदरले गर्दा यस्तो भएको हो।’ लगातारको वर्षाका कारण मौसम खराब भएर भिजिविलिटी नपुग्दा उडानमा समस्या हुने उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर