Aamsanchar

७५ हजार धरौटीमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ रिहा

Author Image
बिहिवार, असोज १०, २०८१

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा छुटेका छन् । लागु औषध कारोबारको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीले ७५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । ढाका धरौटी बुझाएर रिहा भइसकेका छन् ।

उनी प्रतिबन्धित औषधि (लागु औषध) टापेटाडोल कारोबारमा संलग्न रहेको आरोपमा भदौ २७ गते पक्राउ परेका थिए । लागु औषधसहित पक्राउ परेका एक युवकको बयानका आधारमा उनलाई फार्मेसीबाट पक्राउ गरिएको हो । प्रहरी बयानका क्रममा ती युवकले उक्त लागु औषध ढाकाकै फार्मेसीबाट ल्याएको बताएका थिए ।

बयान दिएको ती व्यक्तिलाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर