Aamsanchar

(अपडेट) कोसी ब्यारेजबाट यात्रुबाहक बस खस्याे : ११ जनाको उद्धार

Author Image
बिहिवार, असोज १०, २०८१

विराटनगर – कोसी ब्यारेज पुलबाट यात्रुबाहक बस खसेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले को १ ख ४६०१ नम्बरको यात्रुबाहक बस ब्यारेजबाट नदीमा खसेको जानकारी दिए ।

सुनसरीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाका अनुसार, विराटनगरबाट सप्तरी जाँदै गरेको बस कोसीमा खसेको हो । नदीबाट ११ जनाको उद्धार गरिएको छ । उनीहरूको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको छ ।बसमा सवार यात्रुको संख्या यकिन हुन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय इनरुवाको टोली घटनास्थल पुगेको र थप खोजी कार्यमा प्रहरी खटिएको बताइएको छ । बस अनियन्त्रित भई पुलबाट तल खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर