ब्यारेजको ३५ नम्बरको ढोकादेखि दक्षिणतर्फ रहेको वाल भत्काएर नदीमा खसेको बा १ ख ४६०१ नम्बरको नरसिंह डिलक्सको बसमा सवार सबै यात्रुको उद्धार भएको सप्तरीका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।
उनका अनुसार, बसका चालक, सहचालक र यात्रुहरूसहित २० जना सवार थिए। घाइते १७ जनामध्ये १२ जनाको कोसी हेल्थ केयर अस्पताल, सुनसरी, ४ जनाको भारदह अस्पतालमा उपचार भइरहेको उनले बताए।
चालक भने इलाका प्रहरी कार्यालय, भारदहको नियन्त्रणमा छन्। सिरहाको लहान नगरपालिका–८ बस्ने ३५ वर्षीय चन्दन कुमार मेहताले बस चलाएका थिए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
1
+1
1
Views: 60