Aamsanchar

नेपालले आज बहराइनसँग खेल्दै

Author Image
शुक्रवार, असोज ११, २०८१

एएफसी २० वर्ष मुनिको एशियन कप छनोटमा नेपालले आज बहराइनसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे शुरु हुनेछ ।

यसअघि नेपालले तीन खेलमा एक जीत र दुईमा हार बेहोरेको छ । अस्ति बुधवार भएको तेस्रो खेलमा नेपालले उज्वेकिस्तानसँग ६–० को हार बेहोरेको थियो । यो हारले समूह ‘बी’ को नेपालको एशियन कप पुग्ने सम्भावना न्यून बनेको छ ।

नेपालले तीन खेलबाट तीन अङ्क जोडेको छ । पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेईलाई ३–१ ले हराएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर