Aamsanchar

हेवा खोलामा आएको बाढीले डाइभर्सनको सतह पारगर्यो, यातायात ठप्प

Author Image
शुक्रवार, असोज ११, २०८१

पाँचथर – तीन दिनदेखि भइरहेको वर्षासँगै हेवा खोलामा आएको बाढीले डाइभर्सनको सतह पार गरेपछि सदरमुकामदेखि फालेलुङ गाउँपालिकातर्फ जाने सवारी र ढुवानीका साधन आवागमन बन्द भएको छ ।फालेलुङ ३ र ७ को सिमावर्ती हेवा खोलास्थित घुमाउनेटारमा हिजो साँझदेखि डाइभर्सनमाथिबाट पानी बग्न थालेपछि यातायात ठप्प भएको गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जवेगूले जानकारी दिए । उनका अनुसार हेवा खोलामा बाढी आएपछि डाइभर्सनको सतह पार गरेको हो ।

गाउँपालिकाले निरन्तरको झरीसँगै ठाउँ–ठाउँमा पहिरोको जोखिम बढेको भन्दै तत्काल यात्रा तय नगर्न स्थानीयलाई सूचित गरेको छ ।

२०८० साल असार २ गते आएको बाढीले हेवा खोलामा पर्ने घुमाउनेटार लुमाङदिन र सोमबारे घाटका पुल बगाएपछि स्थानीय सरकारले नागरिकसँग श्रमदान र आर्थिक सहयोग आह्वान गर्दै डाइभर्सन बनाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर