Aamsanchar

पाँचथर: पहिरोले पुरिएर तीन जनाको मृ*त्यु चार जना बेपत्ता

Author Image
शनिवार, असोज १२, २०८१

प्रतिकात्मक तस्वीर गुगलबाट ।

पाँचथर । पाँचथरको दुई स्थानमा पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन ।

अरिवल बर्षातको कारण असोज १२ गते बिहान पाँचथरको फिदिम नगरपालिका-१ साँगेबोट स्थितमा रहेको राज कुमार नेम्वाङको घर पहिरोले बगाउँदा उक्त घरमा डेरा लिई बस्दै आएका फुरुङ्गा हाइड्रो पावरका कर्मचारी फिदिम नगरपालिका-१ का ५० वर्षीय गोपी विश्वकर्मालाई पहिरोले किच्दा घटना स्थलमा नै मृत्यु भएको थियो भने हाइड्रोपावरकै कर्मचारी फिदिम-१ का ५१ वर्षीय कृष्ण दास र उनको श्रीमती ४२ वर्षीय कमला दाश, फिदिम-१ का ५५ वर्षीय धन कुमार तुम्बापो र फिदिम-१ की २१ वर्षीय सरस्वता तुम्बापो पहिरोमा परी बेपत्ता भएका छन । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षक सहितको टोली खटि बेपत्ताहरूको खोजतलास भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसै गरी फिदिम नगरपालिका-४ चिसापानी स्थितमा फुर्लु शेर्पाको घरमा पाहुना आएकी फिदिम-१२ की २४ वर्षीया सपना शेर्पा र उनको ६ वर्षीया छोरी डोल्मा शेर्पा आदिवासी जनजाति महासङ्घको टिनको छानो भएको सामुदायिक भवनमा सुतिरहेको अवस्थामा माथिबाट झरेको पहिरोले किचेर दुबै जनाको मृत्यु भएको अवस्थामा प्रहरीले फेला पारेको हो । उक्त स्थानमा समेत जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षक सहितको टोली खटि उद्धार कार्य भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर