Aamsanchar

राहत र उद्धारमा लाग्न माओवादीको आग्रह

Author Image
शनिवार, असोज १२, २०८१

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले बाढी, पहिरो र डुबानका कारण जनजीवन प्रभावित भएको भन्दै तीनै तहका सरकारलाई राहत र उद्धारमा केन्द्रीत हुन आग्रह गरेको छ ।

माओवादीका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले एक विज्ञप्ति जारी गर्दै अविरल वर्षाको कारण आम मानिसको जनजीवन प्रभावित बनेको जनाएका छन् । कोशीमा आधा दर्जन व्यक्तिहरुको बाढी र पहिरोमा परी ज्यान गएको, ८ जनाभन्दा बढी वेपत्ता भएको, कैयौं मानिसहरु घाइते भएको र लाखौंको क्षति भएको बताउँदै उनले कैयौं मानिसहरु बाढी पहिरोको जोखिममा परी उद्धारको प्रतिक्षामा रहेको जनाएका छन् ।

‘वेपत्ताको खोजी गर्न, उद्धार कार्यमा लाग्न र राहत वितरणलाई चुस्त दुरुस्त बनाउन स्थानीय, प्रदेश र संघ सरकारलाई आग्रह गर्दछौं,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यस विपदको घडीमा सरकारी निकायको समन्वयमा दुःख, पीडा र समस्यामा परेका आम सर्वसाधरणको खोज, उद्धार र राहत वितरणको कार्यमा जुट्न हाम्रो पार्टी कमिटी र जनवर्गीय संगठनका सम्पूर्ण कमरेडहरुलाई आग्रह गर्दछौं ।’

उनले अझै केही दिन मनसुन सक्रिय रहने भएकोले आम सर्वसाधरणलाई सुरक्षित स्थानमा रहन, नदि किनारमा नबस्न र आफ्ना परिवारका सदस्यहरु वृद्धवृद्धा, बालबालिका, गर्भवतीहरुको सुरक्षामा विशेष ध्यान दिन अपिल पनि गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर