Aamsanchar

सप्तकोशीको बाढीका कारण श्रीलङ्का टापुमा ३४ जना थुनिए, उद्धार तत्काल सम्भव नभएको प्रजिअको भनाइ

Author Image
शनिवार, असोज १२, २०८१

सुनसरी – बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा ३४ जना थुनिएका छन्। बराहक्षेत्र–६ ठाकुरीवारीस्थित कोशीको बीच टापुमा भैँसीपालन गरी बस्दै आएका उनीहरु शुक्रवारदेखि सप्तकोशीको बाढीका कारण अलपत्र परेका थिए।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नविनकृष्ण भण्डारीका अनुसार बाढीका कारण बराहक्षेत्र–६ मा २२ जना तथा बराहक्षेत्र–९ मा १२ जना अलपत्र परेका छन्। आज विहानैदेखि उनीहरुको उद्धारका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिए पनि उद्धार सम्भव नभएको उनले बताए।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले निरन्तर वर्षा भइरहेका कारण उनीहरुको उद्धार तत्काल सम्भव नभएको जानकारी दिए। उनले भने, “सप्तकोशीमा पानीको बहाव बढ्दै गएको छ, हेलिकप्टरबाट उद्धार गर्नका लागि सङ्घीय सरकारसँग समन्वय भइरहेको छ।”

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर