Aamsanchar

झापामा बाढी र डुबानमा परेर २ सय ४० घरपरिवार विस्थापित

Author Image
आइतवार, असोज १३, २०८१

बाढीले जमिन कटान गरेपछि बिरिङ पुल

झापा- अविरल वर्षाका कारण झापाका विभिन्न खोला आएको बाढी र डुबानमा परेर २ सय ४० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विस्थापितलाई स्थानीय निकायहरूको समन्वयमा छिमेकी तथा अन्य सुरक्षित राखिएको छ । अति आवश्यकीय खाद्यान्न लगायतका सामग्रीहरू भने पुर्‍याएको छ ।

बिरिङ खोलाको बाढीले ५० घरभन्दा बढी विस्थापित बनेका छन् । झापा गाउँपालिकाका ५० घरभन्दा बढी विस्थापित बनेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्ण चन्दले बताउनुभयो ।

भद्रपुर नगरपालिकामा ३० घर विस्थापित बनेका छन् । जिल्लाका विभिन्न ठुला तथा साना खोलाहरूमा आएको बाढीले २ सय ४० भन्दा बढी घर डुबान र उच्च जोखिममा रहेकाले त्यहाँ बस्दै आएकाहरूलाई सुरक्षित स्थलमा राखिएको चन्दले बताउनुभयो ।

शनिवार बेलुकादेखि वर्षा कम भएपछि खोलाको सतह घटेको र डुबान क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ । यद्यपि खतरा कायमै रहेकाले खोला आसपासमा सतर्कता अपनाउन आग्रह गरिएको प्रशासनले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 4

प्रतिक्रिया (०)

सम्बन्धित खबर