Aamsanchar

तत्काल पेट्रोलियम पदार्थ अभाव नहुने : आयल निगम

Author Image
सोमवार, असोज १४, २०८१

काठमाडौं – नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थ अभाव नहुने भएको जनाएको छ। निगमले पेट्रोलियम पदार्थ पर्याप्त मौज्दात रहेकाले अभाव नहुने बताएको हो।

निगमका प्रवक्ता पूर्णप्रसाद रिजालले काठमाडौं उपत्यकामा एक हप्तालाई पुग्ने इन्धन मौज्दात रहेको जानकारी दिए। उनका अनुसार हाल पाँच हजार ३०० किलोलिटर पेट्रोल, छ हजार ३०० किलोलिटर डिजेल र चार हजार किलोलिटर हवाई इन्धन मौज्दात छ।

वर्षाका कारण बाटो अवरुद्ध हुँदा उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्ति नियमित हुन सकेको छैन। लामो समयसम्म बाटो अवरोध भए बजारमा इन्धनको अभाव हुने सक्ने अनुमान गरिएको छ। तर निगमले भने बाटो अवरुद्ध रहिरहे सवारीसाधन कम चल्ने त्यति इन्धन पनि खपत हुँदैन।

यता एलपी ग्यास उद्योग संघले खाना पकाउने ग्यास पनि तत्कालका लागि अभाव नहुने जनाएको छ। लामो समयसम्म आपूर्ति नियमित नभए बजारमा अभाव हुन सक्ने संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए।
उनका अनुसार बुलेट र सिलिन्डर गरेर १५ देखि २० हजार मेट्रिक टनसम्म ग्यास मौज्दात छ। ग्यास कम्पनीका अधिकांश प्लान्ट उपत्यका बाहिर रहेकाले पनि बाटो बन्द हुँदा ग्यास उपत्यकामा आउन नसकेको संघले जनाएको छ।

हाल बजारमा ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ९१० रुपियाँ, पेट्रोल १५९ र डिजेल १४९ रुपैयाँ छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर