Aamsanchar

सुनको भाउ एक सय रुपैयाँले घट्यो

Author Image
सोमवार, असोज १४, २०८१

काठमाण्डौ – सुनको भाउ आज घटेको छ । आज सुनको भाउ एक सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार छ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ५ रुपैयाँ घटेर तोलाको एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ वृद्धि
आइतवार, पौष २७, २०८२