Aamsanchar

‘देउन साथ’ मा करुणाको अदभूत अभिनय

Author Image
सोमवार, असोज १४, २०८१

काठमाडौँ अमेरिकामा रहेर निरन्तर गायनमा लागिरहेकी गायिका रानी शाक्यको स्वरमा नयाँ गीत ‘देउन साथ’ सार्वजनिक भएको छ । सेमी क्लासिकल गीतमा नारायण बाबुको शब्द तथा सङ्गीत छ । सन्दिप कार्कीले गीतमा एरेन्ज गरेका छन ।

सार्वजनिक गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र करुणा श्रेष्ठलाई रोमान्टिक रुपमा देख्न सकिन्छ । नम्रता केसी को कोरियोग्राफी तथा प्रहिल कार्की निर्देशनमा तयार भएको यो भिडियोमा हरि हुमागाईँको छायाङ्कन, माधव बेलबासेको सम्पादन छ ।गायिका रानी शाक्यले यसअघि दर्जनौँ गीतहरू दर्शकमाझ ल्याइसकेकी छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर