Aamsanchar

बिर्तामोडको द ब्युटी वल्डको फ्रेन्चाइज आउटलेट नेपालगञ्जमा पनि

Author Image
सोमवार, असोज १४, २०८१


बाँके । द ब्युटी वल्ड मेकअप पार्लर एण्ड टे«निङ सेन्टरले बाँके जिल्लामा पनि  फ्रेन्चाइज आउटलेट  सञ्चालनमा आएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ घरबारी टोलमा अवस्थित परि ब्युटी पार्लरलाई ३ वर्षको लागि फ्रेन्चाइज आउटलेट उपलब्ध गराइएको हो ।
स्थापनाको तिन वर्षमा ४० स्थानमा फ्रेन्चाइज आउटलेट सञ्चालन भएको छ ।

स्थानीय महिलाहरूलाई ब्युटी सेक्टरमा सीप प्रदान गर्ने र स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्य लिएर आफ्नो सेवा विस्तारलाई देशव्यापी बनाउने लक्ष्य रहेको ब्युटी वल्डका संस्थापक वत्सल भट्टराईले बताए ।

हिजो आयोजित विशेष कार्यक्रमका बीच सम्झौता पत्र आदन प्रदान गरिएको थियो ।

विपन्न नागरिकहरूको लागि नयाँ अवसर भएको भन्दै, “हाम्रो प्राथमिक लक्ष्य महिला दिदीबहिनीहरूलाई सीप प्रदान गर्नु हो, जसले उनीहरूलाई आत्मनिर्भर बनाउन मद्दत गर्नेछ । झापा, मोरङ, सुनसरी, काठमाण्डौं, भक्तपुर र बाँके लगायतका विभिन्न जिल्लाहरूमा औपचारिक रूपमा ब्युटी वल्डको सेवा विस्तार गरिएको सञ्चालक भट्टराईले जानकारी दिए ।

द ब्युटी वल्डले झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय स्थापना गर्दै शाखा विस्तार तथा फ्रेन्चाइज दिदैँ आएको छ ।

२०७९ सालमा स्थापना भएको द ब्युटी वल्ड ३ वर्षको अन्तरालमा हजारौं महिलालाई ब्युटी र मेकअप सम्बन्धी तालिम निशुल्क प्रदान गरिसकेको छ । धेरै दिदीबहिनीहरूले तालिमपछि आत्मनिर्भरता हासिल गर्न सफल भएका छन् भट्टराईले भने, “हामीले महिलाहरूलाई केवल तालिम मात्र दिनु होइन, उनीहरूलाई सशक्त बनाउने उद्देश्यमा पनि काम गर्दैछौँ । विभिन्न जिल्लामा ४ सय जना महिलालाई निशुल्क वार्षिक तालिम प्रदान गर्दै स्वरोजगारको अवसर सिर्जना गर्ने योजना बनाइएको छ ।  यसले उनीहरूको जीवनस्तरमा परिवर्तन ल्याउनेमा आफू विश्वस्त रहेको भट्टराईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर