Aamsanchar

विर्तामोडमा दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै प्रदर्शन

Author Image
सोमवार, असोज १४, २०८१

झापा – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै लघुवित्त तथा वितिय शाेषणा विरूद्धकाे संघर्ष समिति लगायतले विरोध प्रदर्शन गरेको छ ।

सोमबार झापाकाे बिर्तामाेडमा प्रसाईंलाई झुटो मुद्दामा नियन्त्रणमा लिइएको भन्दै मुद्दा खारेज गरी रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले गत असोज ६ गते आइतबार पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई तीन दिन हिरासतमा राख्न आइतबार नै प्रहरीलाई अनुमति दिएको थियो । त्यसपछि अनुसन्धान नसकिएको भन्दै उनीमाथि थप पाँच दिन म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो भने गत बुधबार प्रसाईंसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालते पक्राउ पुर्जी जारी गरेको थियो ।

उनीमाथि राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ टिका संग्रौला(ज्वाला)ले उजुरी दर्ता गराएकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)