Aamsanchar

ड्राइभिङका गुरु, धौलारी माल्दाइको निधन

Author Image
सोमवार, असोज १४, २०८१

चारपाने । माँ दुर्गा मोटर ड्राइभिङ सेन्टरका सञ्चालक युवराज धौरालीको निधन भएको छ ।

बिर्तामोड–२ बेलडाँगी हाल अर्जुनधारा नगरपालिका – ८ मा बसोबास गर्दै आएका ५२ वर्षीय धौरालीको सोमवार निधन भएको हो । उनी धौलारी माल्दाइका नामले परिचित थिए । ज्वरो आएर बिरामी बनेका उनी केही दिनको अस्पताल बसाइ पछि घर फर्किएको र उनको निमोनियाका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

धौरालीका श्रीमती सीता सहित दुई छोरा र एक छोरी रहेका छन् । दुई छोराहरूमा आशिष र मोहन धौराली रहेका छन् भने छोरी सङ्गीता धौराली रहेकी छिन् । स्व. धौरालीको कनकाई माईमा मङ्गलवार ११ वजे अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
4
+1
5
Views: 43

प्रतिक्रिया (०)