Aamsanchar

प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो

Author Image
मङ्गलवार, असोज १५, २०८१

काठमाडौं – अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाले ज्यान गुमाएका छन्। २८ जना अझै बेपत्ता छन्।

गृहमन्त्रालयको आज बिहानसम्मको विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ६५ जनाले ज्यान गुमाएका छन्। अझै ६ जना बेपत्ता रहेका छन्।

धादिङ र ललितपुरमा ३९र ३९ जनाले ज्यान गुमाएका छन्। काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १०, मकवानपुर र दोलखामा ७र७ जनाको मृत्यु भएको छ। योसँगै बागमती प्रदेशका १३ वटा जिल्लामा १९२ जनाको मृत्यु भएको छ। ललितपुरमा ११ जना अझै बेपत्ता छन्। पाँचथरमा ६ जनाको मृत्यु भएको छ।

भक्तपुर,सोलुखुम्बुमा ५/५, झापा, धनकुटा, महोत्तरी, सिन्धुली र रौतहटमा २/२ तथा सप्तरी, उदयपुर, रामेछाप र इलाममा १/१ जनाको मृत्यु भएको छ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेंसी–९, झ्याप्ले खोला खण्डमा मात्र पहिरोले बस र माइक्रोबस पुर्दा ३५ जनाको मृत्यु भएको छ। घाइते भएका १४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर