Aamsanchar

हेवा खोला घाटमा फड्के हाल्न थालियाे

Author Image
मङ्गलवार, असोज १५, २०८१

फिदिम- असोज १२ गते आएको बाढीले बेलिब्रिज बगाएको मेची राजमार्गस्थित हेवा खोला घाटमा सोमबारदेखि फड्के हाल्न थालिएको छ ।

तत्काल पुल निर्माण गरेर ठुला सवारीका साधन आवागमन गराउने सम्भावना नदेखिएपछि नेपाली सेनाको सक्रियतामा फड्के बनाउन थालिएको हो ।

सेनाले फलामका पोल, लट्ठा, ढुङ्गा, ग्याबिन जाली र काठपात प्रयोग गर्दै सोमबारदेखि पुल निर्माण गर्न थालेको हो । यो पुलबाट मानिस र मोटरसाइकल आवागमन गर्न सक्ने रणसेर गणका प्रमुख ९सेनानी० नीरज प्रताप राणाले बताउनुभयो ।

सेनाको अगुवाइमा निर्माण थालिएको फड्के बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र फिदिम नगरपालिकाका नगर प्रहरीले सघाइरहेका छन् । फड्के दुई दिनभित्र निर्माण गरी सकिने सेनाले जनाएको छ ।

बाढीले हेवा खोलाको बेलिब्रिज बगाएपछि हेवा पारिको ताप्लेजुङसँगै पाँचथरको फालेलुङ, याङवरक र हिलिहाङ गाउँपालिका सडक सम्पर्क विच्छेद भएका छन् ।

पुल बगेलगत्तै बसेको जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिको बैठकले हेवा खोलामा तत्काल मानी आउजाउ गर्न मिल्ने गरी फड्के निर्माण गर्न फिदिम–४ का वडाध्यक्ष उपेन्द्र लावतीलाई संयोजक तोक्दै नेपाली सेनालाई कामको जिम्मा दिने निर्णय गरेको थियो । पुल निर्माणका लागि लाग्ने सामग्रीको व्यवस्थापन फिदिम नगरपालिकाले गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर