Aamsanchar

कोशी प्रदेशमा पछिल्लो पटक बाढी, पहिरो र डुबानबाट २२ जनाको मृत्यु

Author Image
मङ्गलवार, असोज १५, २०८१

विराटनगर । कोशी प्रदेशमा पछिल्लो पटक बाढी, पहिरो र डुबानबाट २२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै दर्जन भन्दा बढी घाइते भएका छन् भने आधा दर्जनभन्दा बढी बेपत्ता छन् ।

प्रहरीले दिएको जानकारी अनुसार प्रदेशमा पूर्ण रूपमा १९ वटा पक्की घर भत्किएको छ भने ५८ वटा पक्की घरमा आंशिक क्षति पुगेको छ । यस्तै अन्य ३९ वटा घर पूर्णरुपमा क्षतिग्रस्त हुँदा ३३ वटामा आंशिक क्षति पुगेको छ ।

१३ वटा गोठ क्षतिग्रस्त हुँदा ६ वटा सरकारी कार्यालय, ४ वटा सवारी साधन र १३ वटा पुल तथा कल्भर्ट बाढीले बगाएको छ । बाढी पहिरोमा परी ५४२ घरधुरी प्रभावित बनेका छन् । जसमा सभैभन्दा धेरै झापामा ३०४, मोरङमा १२० घरधुरी प्रभावित बन्दा सुनसरीमा ४९ र धनकुटामा १६, उदयपुरमा ३६ र खोटाङमा २७ घरपरिवार प्रभावित भएका छन् ।

प्रहरीले दिएको तथ्याङ्क अनुसार ४०९ घर स्थानान्तरण गरिएको छ भने १ हजार ६५० घर परिवार सङ्ख्या स्थानान्तरण गरिएको छ । ९९ घर अहिले पनि उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।

बाढी, पहिरो र डुबानबाट भएको क्षतिको खोज, उद्धार र राहतका लागि प्रदेशभरमा १ हजार ९२ जना प्रहरी परिचालित भएका छन् । हालसम्म झापामा २, इलाममा ६, पाँचथरमा १०, ताप्लेजुङमा १, मोरङमा १, सुनसरीमा ४, धनकुटामा ७, तेह्रथुममा ५, सङ्खुवासभामा १, उदयपुरमा ५, खोटाङमा १०, ओखलढुङ्गामा २ र सोलुखुम्बुमा ५ स्थानमा सडक अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर