Aamsanchar

अब यी सडक खुल्न बाँकी

Author Image
बिहिवार, असोज १७, २०८१

काठमाण्डौ – बाढीपहिरोका कारण अवरुद्ध भएका धेरै सडक खुलेका छन् । केही सडक भने अझै खुल्न बाँकी छ । काठमाण्डौ उपत्यकाकालाई देशका विभिन्न ठाउँसँग जोड्ने मुख्य सडक नागढुङ्गा–नारायणगढ सडक दुईतर्फी नै खुलेको छ । तर पूर्वी क्षेत्र जोड्ने वीपी राजमार्ग र काठमाण्डौ–हेटौँडा जोड्ने सडक खुलेको छैन ।

प्रहरीका अनुसार वीपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै काठमाण्डौ उपत्यका भित्रिने र बाहिरिने गाडी चल्न सकेका छैनन् । काभ्रेको रोशी खोलामा आएको बाढीले सडक कटान गरेपछि वीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न ठाउँ तथा फिक्कल गाउँपालिका २ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ । रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीको पुल र खाडादेवी गाउँपालिका खैरेनी पुल बगाउँदा खुर्कोट–मन्थली तथा सिन्धुली, नेपालथोक–मन्थली चल्ने गाडी चल्न सकेका छैनन् ।

सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका ११ जोड्ने पुल भत्किएकाले सडक अवरुद्ध छ । यस्तै मेचीराजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवाखोलामा रहेको बेलिब्रिज बाढीले बगाउँदा गाडी चल्न सकेका छैनन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर