पाँचथर – पेट्रोलमा आगो सल्किँदा फिदिम नगरपालिका-४ का २ जना बालबालिका घाइते भएका छन् । घाइते हुनेमा फिदिम-४ का देवीप्रसाद पौडेलकी १३ वर्षीया छोरी सोनिया पौडेल र ११ वर्षीय छोरा बादल पौडेल छन् ।
फिदिम-४ थापाटार घर भएका उनीहरू पम्पबाट लगेको ग्यालिनमा पेट्रोलनजिकै मैनबत्ती बालेर अटोमा खन्याउने क्रममा आगो सल्किँदा घाइते भएका हुन् ।
बुधबार राति भएको घटनाका घाइते दुवैजनालाई उपचारका लागि विराटनगरको न्युरो अस्पतालमा भर्ना गरिएको छ । दुवै जनाको आईसीयूमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।
असोज १२ गते गएको बाढीका कारण सडक अवरुद्ध हुँदा जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति सहज छैन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 63