

काठमाण्डौ – सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ । सुनको भाउ एक सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार आठ सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी १५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार नौ सय ३५ रुपैयाँ रहेको थियो ।

Views: 97


