Aamsanchar

मेक्सिकोको सेनाकाे गोली लागेर एक नेपालीसहित ६ जना आप्रवासीको ज्यान गयाे

Author Image
बिहिवार, असोज १७, २०८१

ग्वाटेमाला – ग्वाटेमालाको सीमा नजिक मेक्सिकोको सेनाले गोली हानेर नेपालीसहित ६ जना आप्रवासीको हत्या गरेको छ। मृतक नेपालीसहितको पहिचान र ठेगाना खुलाइएको छैन।

मेक्सिकोको रक्षा मन्त्रालयले बुधबार प्रेस विज्ञप्‍ति जारी गर्दै यो हप्ता सेनाले दर्जनौं आप्रवासी बोकेको ट्रकमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको घोषणा गरेको अलजजिराले लेखेको छ। गत मंगलबार साँझ मेक्सिकोको दक्षिणी राज्य चियापासको हुइक्स्टला सहर नजिक आप्रवासीहरू बोकेको ट्रकमा दुईजना मेक्सिकन सैनिकले गोली चलाएका थिए।

अरू सवारीसँगै आइरहेको ट्रकमा गोलाबारी सुनिएपछि सेनाले आप्रवासीहरूले हतियार बोकेको आशंकामा गोली चलाएको दाबी गरिएको छ। तर ट्रकभित्र कुनै हतियार नभेटिएको जनाइएको छ।

गोलाबारीलगत्तै सेनाले नेपाली, भारतीय, पाकिस्तानी, इजिप्टियन, क्युवाली र संयुक्त अरब इमिरेट्सका ३३ जना आप्रवासीको पहिचान गरेको थियो। तीमध्ये चारजनाको घटनास्थलमै मृत्यु भएको, १२ जना घाइते र १७ जना सुरक्षित रहेकामा दुईजनाको स्थानीय अस्पतालमा पुर्‍याइएपछि मृत्यु भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

गोलाबारी ग्वाटेमालाको सिमानामा रहेको तपाचुला शहरबाट २५ माइल टाढा भएको थियो। उक्त क्षेत्रबाट आप्रवासी र शरणार्थीहरू मेक्सिको हुँदै उत्तरतर्फ आफ्नो खतरनाक यात्रा शुरु गर्छन्।

अमेरिका–मेक्सिको सीमा आप्रवासीहरूका लागि संसारको सबैभन्दा घातक मार्ग मानिन्छ। इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेशन (आईओएम) ले २०२२ मा त्यहाँ कम्तीमा ६८६ जनाको मृत्यु भएको तथ्या सार्वजनिक गरेको थियो।

आइओएमले आधिकारिक तथ्यांक नभएको बताउँदै त्यहाँबाट बेपत्ता भएका र मृतकको संख्या अझ बढी ९करिब १ हजार ४५७ जनाको मृत्यु भएको० हुनसक्ने अनुमान गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)