बिर्तामोड । लागूऔषध विरुद्ध सशक्तरूपमा काम गर्दै आएका एक अभियन्ता भद्रपुर चन्द्रगढी निवासी इन्द्रप्रसाद ओलीद्वारा लिखित किताब दिव्य दृष्टिको लोकार्पण हुने भएको छ ।
असोज १९ गते बिर्तामोड सिटी सेन्टर स्थित पार्टी प्यालेसमा भव्य समारोहमा बिच किताब विमोचनको तयारी गरिएको लेखक ओलीले बताए ।
भद्रपुर-७ मा रहेको चेतना नेपाल नामक संस्था प्रकाशक रहेको किताब दिव्य दृष्टिको लोकार्पण कोशी प्रदेश आन्तरिक तथा कानून मन्त्री लीलावल्लभ अधिकारीले गर्ने भएका छन् ।
विजय दशमीको शुभकामना आदन प्रदान सहितको कार्यक्रममा जिल्लाका लेखक, साहित्यकार, शैक्षिक र सामासिक क्षेत्रमा क्रियाशील व्यक्तित्वको बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 26