फिदिम- मेची राजमार्गअन्तर्गत रहेको हेवा खोलामा डाइभर्सन निर्माण कार्य सुरु भएको छ । अविरल वर्षासँगै आएको बाढीले अवरुद्ध रहेको हेवा खोलामा डाइभर्सन निर्माण गरी सडक सञ्चालन गर्ने सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।
हेवा खोलामा–१२ वटा ह्युमपाइप आइपुगेपछि डाइभर्सन निर्माणको काम सुरु गरिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो ।
हेवा खोलामा आएको बाढीले असोज १२ गते बेलिब्रिज बगाउँदा एक साताबाट पाँचथरका हिलिहाङ, याङवरक र छिमेकी जिल्ला ताप्लेजुङमा सम्पर्क विच्छेद थियो । यातायात सम्पर्क टुटेसँगै हिलिहाङ, याङवरक र छिमेकी जिल्ला ताप्लेजुङको जनजीवन प्रभावित बनेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 27