Aamsanchar

धरान उपमहानगरपालिकाबाट पाँच जना जुवाडे पक्राउ

Author Image
शनिवार, असोज १९, २०८१

धरान –  सुनसरीको धरान उपमहानगरपालिकाबाट पाँच जना जुवाडे पक्राउ परेका छन्। धरान-१५ का दिलकुमार खवासको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी प्रकाश जबेगुले बताए।

 

पक्राउ पर्नेमा घरधनी खवास, धरान-१८ का किसन घिमिरे, धरान-१ का विकास गौतम, भोजपुर हतुवागडी-७ का ज्ञानबहादुर राई, भोजपुर पौवादुम्बा-७ श्रीप्रसाद राई पक्राउ परेको डीएसपी जबेगुले बताए। उनले जुवाडेको साथबाट ४९ हजार ३ सय १५ रुपैयाँ र तास बरामद गरिएको बताए।

पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट पाँच दिनको म्याद थप गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवश कुँवरले जानकारी दिए।

Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर