

बिर्तामोड । लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि लामो समयदेखि क्रियाशील इन्द्रप्रसाद ओलीले लागूपदार्थ दुर्व्यसन न्यूनीकरणसम्बन्धी पुस्तक दिव्य दृष्टि प्रकाशित गरेका छन् ।

सो पुस्तकको आज बिर्तामोडमा एक कार्यक्रमका बीच कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कार्यक्रमका प्रमुख अतिथि लीलावल्लभ अधिकारी, विशेष अतिथि बिर्तामोड नगरपालिका उपप्रमुख नगेनद्रप्रसाद संग्रोला र प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलालले संयुक्त रुपमा लोकार्पण गरेका छन् । चेतना नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक, राष्ट्रिय हिन्दु एकता मञ्चका अध्यक्षलगायत एक दर्जन बढी सङ्घ संस्थामा आवद्ध भद्रपुर– ७ निवासी ओलीको यो पाँचौ कृति हो ।




चेतना नेपालको उपाध्यक्ष एवम् पुस्तक प्रकाशन संयोजक उषा गुरुङको सभाध्यक्षमा आयोजित कार्यक्रममा चेतना नेपालकी प्रवक्ता कल्पना भट्टराईले स्वागत गरेकी थिइन ।
विमोचित किताबको समीक्षा डा। पुण्यप्रसाद सिग्देलले गरेका थिए ।
अग्रज पत्रकार तथा साहित्यकार नकुल काजी पाण्डे, लाइफ लाइन उपचार तथा पुनस्थापना केन्द्र बिर्तामोडका अध्यक्ष अर्जुनकुमार भट्टराई, ह्याप्पी नेपाल दमक, ओली एण्ड एसोसिएट्स बिर्तामोड, चेतना नेपाल सदस्य एवम् प्रवक्ता कल्पना भट्टराई सम्मान गरिएको छ ।
प्रमुख अतिथि मन्त्री लिला वल्लभ अधिकारी, बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, कृतिकार इन्द्रप्रसाद ओलीले मन्तव्य राखेका थिए ।
लोकार्पण कार्यक्रममा जिल्लाका विशिष्ट साहित्यकर्मी तथा लेखक हरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले गरेका थिए ।

