कालीकोट – कालीकोटको महावै गाउँपालिकाले विधुर (एकल पुरुष) भत्ता दिने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार पालिकाले विधुर भत्ता दिन लागेको महाबै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो ।
गाउँपालिकाले यसअघि गएको बुधवार सबै ७ वटा वडा कार्यालयलाई ४९ वर्षदेखि ५९ वर्षसम्मका विधुरहरूको तथ्याङ्क सङ्कलन गरी पठाउन पत्राचारसमेत गरिसकेको छ । प्रथम चौमासिक भत्ता वितरण गर्न वडालाई तथ्याङ्क सङ्कलन गरी पेश गर्न पत्राचार गरिएको हो ।
विधुर भत्ता दिनेमा महावै गाउँपालिका कर्णाली प्रदेशको पहिलो पालिका बनेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 71