Aamsanchar

नेपालबाट बाहिरिन थाल्यो मनसुन

Author Image
आइतवार, असोज २०, २०८१

काठमाण्डौ – नेपालबाट मनसुन बाहिरिन थालेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालबाट मनसुन बाहिरिन थालेको जानकारी दिएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी प्रदेशका केही ठाउँबाट मनसुन बाहिरिसकेको महाशाखाले जनाएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले अब नेपालका अरू ठाउँबाट पनि मनसुन बिस्तारै बाहिरिने महाशाखाको भनाइ छ ।

मनसुनी वायु कमजोर बनेसँगै ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
मङ्गलवार, मंसिर ४, २०८१
आजको माैसम
आइतवार, मंसिर २, २०८१