Aamsanchar

एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ५० लाख दियो

Author Image
आइतवार, असोज २०, २०८१

काठमाडौं – सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए । तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको उनले उल्लेख गरे ।

यही असोज १५ गते बसेको एमाले सचिवालय तथा संसदीय दलको बैठकबाट उक्त कोषमा ५० लाख र सांसदहरूको आधा महिनाको तलबबराबरको रकम बेग्लै प्रदान गर्ने निर्णय गरिएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर