Aamsanchar

व्यवसायी, प्रहरी, सेना र नागरिक समाजद्वारा बिर्तामोड बजार सरसफाइ

Author Image
सोमवार, असोज २१, २०८१


झापा । चाडपर्वलाई लक्षित गर्दै बिर्तामोड बजार सरसफाइ गरिएको छ ।
बिर्तामोड उद्योग वाणिज्य सङ्घको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहकार्यमा बिर्तामोड बजार सरसफाइ गरिएको हो ।
राष्ट्रिय सभा सदस्य गोपाल कुमार बस्नेतको प्रमुख आतिथ्यमा बिर्तामोडस्थित वानस्टप मल अगाडि सरसफाइ कार्यक्रमको उद्‌घाटन गरिएको थियो ।

सरसफाइ कार्यक्रममा अरिदमन गण चारआलीका नेपाली सेना, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा कार्यरत ट्राफिक प्रहरी, इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरी, नागरिक समाजका अगुवा, विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले बजार सरसफाइ गरेका थिए । त्यस्तै बिर्तामोड उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा सदस्यहरू समेत सरसफाइ कार्यक्रममा सहभागी थिए ।

सरसफाइ कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षण गणेश पौडेल लगायत सहभागी थिए ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घका उद्योग उपाध्यक्ष विशाल थापाले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सङ्घका महासचिव कुशल खतिवडाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर