Aamsanchar

झापाको कमलमा भलिबल खेलाडीको प्रतिमा बन्ने, आज शिलान्यास भयो 

Author Image
सोमवार, असोज २१, २०८१

कमल। झापाको कमल गाउँपालिका वडा नं ५ मा रहेको पाडाँजुङ्गी – गौरादह सडक खण्डमा पर्ने मङ्गलबारे बजारमा देशकै राष्ट्रिय खेल भलिबल खेलाडीले बल सर्भिस गर्न लागेको  सालिक बन्ने भएको छ ।

मङ्गलबारेमा रहेको सगुन युवा क्लबको अगुवाइमा स्थानीय युवाहरू बाट सङ्कलित रकमबाट उक्त सालिक निर्माणको काम सम्पन्न हुने बताइएको छ ।

आज एक कार्यक्रमका बिच कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले सो आयोजनाको विधिवत रुपमा शिलान्यास गरेका छन् । उनी क्लबका संस्थापक अध्यक्ष  समेत रहेका छन् ।

सगुन युवा क्लबले विगत २८ वर्ष देखि स्थानीय, पालिका ,जिल्ला, तथा अन्तराष्ट्रिय स्तरका भलिबल प्रतियोगिताहरू सञ्चालन गर्दै आएको र देश मै ख्याति कमाएको स्थानीयको भनाइ छ ।

नेपालमा जुन बेला आधुनिक भलिबल खेल देश मै धराशायी भएको अवस्था थियो। त्यो बखत कमलमा सगुन युवा क्लबले भलिबलको संरक्षणमा खेलेको भूमिकालाई सम्मान र सम्झनामा खेलाडीको सालिक निर्माण गरिने पूर्व राष्ट्रिय भलिबल खेलाडी तथा सगुनका सचिव रोशन दाहालले जानकारी दिए।

क्लबले कमलमा नेपालको राष्ट्रिय खेल भलिबल खेलाडी ९अमुख ब्यक्ति० को सालिक  दशैँ भन्दा अगाडि नै सम्पन्न गर्ने योजना बनाइएको सचिव दाहालले आमसंचारलाई जानकारी दिएका दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर