Aamsanchar

चिकित्सातर्फको नोबेल पुरस्कार पाउने वैज्ञानिककाे नाम घाेषणा

Author Image
मङ्गलवार, असोज २२, २०८१

यो वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कुनले पाउने भएका छन्।

माइक्रो आरएनए पत्ता लगाएवापत उनीहरूलाई नोबेल पुरस्कार समितिले चिकित्सातर्फको पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। उनीहरूको खोजले पृथ्वीमा कसरी जटिल जीवन देखा पर्‍यो र मानव शरीर कसरी विभिन्न कोषहरू मिलेर बनेको छ भन्नेबारे नयाँ तथ्य पत्ता लगाएको बताइन्छ।

दुई अमेरिकी वैज्ञानिकले मानव शरीरको प्रत्येक कोषमा समान प्रकारका डीएनएमा भएका आनुवंशिकताबारे अध्ययन गरेका थिए। उनीहरू माइक्रो आरएनए पत्ता लगाउने पहिलो व्यक्ति हुन्। मानव शरीरका कोशिकाहरू आकार र कार्यमा फरक पाइने गरेको उनीहरूले पत्ता लगाएका छन्।

७० वर्षीय एम्ब्रोस युनिभर्सिटी अफ म्यासाचुसेट्स मेडिकल स्कुलका प्राध्यापक हुन् । यस्तै ७२ वर्षीय रुभ्कन हार्वर्ड मेडिकल स्कुलका प्राध्यापक हुन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर