Aamsanchar

एकै दिन लेबनानका एक सय २० ठाउँमा इजरायलकाे हवाई आक्रमण

Author Image
मङ्गलवार, असोज २२, २०८१

इजरायलले एकै दिन लेबनानका एक सय २० ठाउँमा हवाई आक्रमण गरेको छ । हिजबुल्लाह समूह लक्षित एक सयभन्दा बढी लडाकु विमानबाट इजरायलले ती क्षेत्रमा आक्रमण गरेको हो । आक्रमणबाट राजधानी बेरुतसहित दक्षिणी लेबनानका विभिन्न ठाउँमा कैयौं भवन ध्वस्त भएका अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

ती भवन हिजबुल्लाह समूहका हतियार केन्द्र या अन्य रणनीतिक केन्द्र रहेको इजरायली सेनाको दाबी छ । हिजबुल्लाह समूहले पनि इजरायलमा एक सय ३० वटा मिसाइल प्रहार गरेको छ । इजरायली सेनाका अनुसार हिजबुल्लाहले प्रहार गरेका सबै मिसाइल आकाशमै नष्ट गरिएको छ । यसैबीच इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा ७७ जनाको ज्यान गएको छ ।

विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेको एक वर्ष पुगेको दिन हिजो इजरायली सेनाले गाजामा गरेको आक्रमणमा ७७ जनाको ज्यान गएको र सय जनाभन्दा धेरै घाइते भएका खबरमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर