Aamsanchar

पूर्वाञ्चल इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको १७ औं वार्षिक साधारण सभा सम्पन्न

Author Image
मङ्गलवार, असोज २२, २०८१

चारपाने । पूर्वाञ्चल इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट प्रा.लि. को १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज (मंगलबार) बिर्तामोड–२ चारपानेमा सभा सम्पन्न भएको हो ।
प्रालिका अध्यक्ष डिल्लीराम सिटौलाको अध्यक्षतामा आयोजित सभामा प्रा।लि। का परिकल्पनाकार एवम् सल्लाहकार संयोजक महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्य रहेको थियो ।

५० जनाबाट सुरु भएको कम्पनीमा क्रमश पुँजी वृद्धि हुँदै गएको छ । अव प्रा.लि.को योजना परिमार्जन गरेर तीन खालको बचत तथा लगानी नीति अवलम्बन गर्नुपर्ने सुझाव दिएका छन् । सुझाव अनुसार १ वर्ष, ५ वर्ष र १० वर्षमा लाभलिने गरि पुँजी वृद्धि गर्नसके सबै शेयरधनी ले राम्रो लाभ प्राप्त सकिने प्रमुख अतिथि गिरीले सुझाव दिए ।
प्रालिले हरेक वर्ष एकजना ज्येष्ठ र एकजना उत्कृष्ट बचतकर्तालाई सम्मान गर्दै आएको छ । यस पटक शेयर सदस्य नारायण सिटौलालाई ज्येष्ठ र कमला गिरीलाई वर्ष उत्कृष्ट बचतकर्ताको सम्मान प्रदान गरेको छ । सम्मानित हरुलाई प्रमुख अतिथि गिरीले सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा अध्यक्ष सिटौलाले प्रस्तसत गरेको प्रतिवेदन अनुसार शेयर पुँजी ३ करोड ९१ हजार ५००, बैक तथा वित्तिय संस्थामा लगानी २ करोड ६१ लाख ७७ हजार ६७४, प्रमोटर्स शेयरमा लगानी १३ लाख ११ हजार, व्यक्तिगत लगानी ५ लाख १४ हजार ६०, कर लाग्ने आम्दानी ६४ लाख २० हजार १९६, आय कर १६ लाख १६ लाख ६ हजार ५६९, खुद नाफा ५८ लाख १९ हजार ७७६, यस आब को थप शेयरसहित बचत रकम ५८ लाख २८ हजार र गत असार मसान्त सम्म बैक मौज्दात २७ लाख १४ हजार ४९८ रहेको छ ।
कार्यक्रममा सञ्चालक समिति सदस्य केशवप्रसाद ओझाले स्वागत गरेका थिए । लेखा प्रतिवेदन लेखासमिति सदस्य भिमबहादुर गिरीले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य डम्बरबहादुर देउजाले गरेका थिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर