Aamsanchar

दाङमा ठुलो परिणाम लागू औषधसहित तीनजना आरोपित पक्राउ

Author Image
मङ्गलवार, असोज २२, २०८१

घोराही । दाङ प्रहरीले ठुलो परिणाममा लागूऔषध बरामद गर्नुको साथै ओसारपसारमा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।
३८ किलो ९७२ ग्राम चरेस, ११ किलो १८० ग्राम अफिम प्रहरीले बरामद गरेको हो ।

घोराही उपमहानगरपालिका १८ मसिना स्थित जिल्ला रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ४ बस्ने सुविन्द्र पुन , सोही ठाउँका चेतन बूढा, भुमे गाउँपालिका घर भई हाल जिल्ला दाङ घोराही उपमहानगरपालिका  वडा नं. १८ मसिना स्थित सिताराम बन्जाडेको घरमा डेरा गरी बस्ने वर्ष ४२ की बिनी पुन पक्राउ परेका छन् ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ईश्वर थापाको कमान्डमा गएको १० जनाको प्रहरी टोलीले लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर